Monday, May 17, 2021
Home > अन्तराष्ट्रिय समाचार > मध्य एसियाली मुलुक किर्गीस्तानमा सरकारविरोधी प्रदर्शनकारीद्वारा सत्ता कब्जा

मध्य एसियाली मुलुक किर्गीस्तानमा सरकारविरोधी प्रदर्शनकारीद्वारा सत्ता कब्जा

एजेन्सी २२ असोज
मध्य एसियाली मुलुक किर्गीस्तानमा सरकार विरोधी प्रदर्शनकारीहरुले सत्ता कब्जा गरेका छन् । आइतवार भएको चुनावमा ब्यापक धाँधली भएको आरोप लगाउँदै प्रदशर्नमा उत्रिएकाहरुले संसद भवन र सुरक्षा निकायसहित देशका मुख्य प्रशासनिक निकायलाई नियन्त्रणमा लिएका छन् । उनीहरुले जेलमा रहेका विपक्षी नेता सदिर जापारोभलाई रिहा गरेको केही घण्टामै कायम मुकायम प्रधानमन्त्री घोषणा गरेका छन् । देशमा विपक्षीहरुको प्रदर्शन चर्किएपछि राष्ट्रपति सुरुनबाई जेन्बेकोभले शक्तिशाली नेतृत्वलाई सत्ता हस्तान्तरण गर्न तयार रहेको प्रतिक्रिया दिनुभएको छ । तर उहाँले त्यो शक्तिशाली नेतृत्व को हो भन्नेबारे केही खुलाउनुभएको छैन । दर्शनकारीहरुले आइतवार भएको चुनावको परिणाम नमान्ने बताएपछि निर्वाचन आयोगले नैं उक्त चुनावलाई अमान्य घोषणा गरिसकेको छ । चुनावमा भाग लिएका १६ राजनीतिक दलमध्ये चार वटाले मात्रै संसदमा प्रवेश पाउन आवश्यक मतको सिमा ‘थ्रेसहोल्ड’ पार गरेका थिए । जसमध्ये तिनवटा पार्टी राष्ट्रपतिसँग निकट रहेको बताइन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *