Saturday, May 08, 2021
Home > खेलकुद समाचार > नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान कप्तान पारस खड्का आईसीसी अवार्डका लागि मनोनित

नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान कप्तान पारस खड्का आईसीसी अवार्डका लागि मनोनित

काठमाण्डौ ९ मंसिर
नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान कप्तान पारस खड्का आईसीसी अवार्डका लागि मनोनित भएका छन् ।
पारस आईसीसी पुरुष एसोसियट प्लेयर अफ दि डिकेड अवार्डका लागि मनोनयनमा परेका हुन् । पारससँगै यस अवार्डका लागि ६ खेलाडी मनोयनमा परेका छन् । अन्य खेलाडीमा स्कटल्याण्डका केली कोट्जेर, कालुम म्याक्लिओड र रिची बेरीङटन रहेका छन् । यस्तै पपुवा न्युगिनीका असाद भाला र नेदरल्यान्ड्सका पिटर बोरेन मनोनयनमा परेका छन् । विजेताको नाम भोटको आधारमा छनोट गरिनेछ । सन् २००२ मा यू–१५ टोलीबाट क्रिकेट खेल्न थालेका पारसले सन् २००९ मा नेपालको कप्तानी गरेका गिए । पारसको १० वर्षे कप्तानीकालमा नेपालले पहिलो पटक टी–२० विश्वकप खेल्नुका साथै एकदिवसीय मान्यता पाएको थियो । २८ असोज २०७६ मा उनले कप्तानी छाडे । तर राष्ट्रिय टिमबाट निरन्तर खेलिरहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *