Saturday, May 08, 2021
Home > खेलकुद समाचार > म्याराडोनाको ६० वर्षको उमेरमा निधन

म्याराडोनाको ६० वर्षको उमेरमा निधन

एजेन्सी ११ मंसिर
अर्जेन्टिनाका फुटबल ‘लिजेन्ड’ डिएगो म्याराडोनाको निधन भएको छ ।विश्वकै चर्चित फुटबलरका रूपमा हेरिने म्याराडोनाको ६० वर्षको उमेरमा हिजो निधन भएको हो । ’कार्डिक अरेस्ट’ (हृदयघात) का कारण उनको घरमै निधन भएको बताइएको छ । दुई हप्ताअघि मात्रै ‘ब्लड कल्ट’ बनेपछि उनको मस्तिष्कको शल्यक्रिया गरिएको थियो । सर्वकालीन सर्वोत्कृष्ट खेलाडीका रूपमा लिइने म्याराडोनाले आफ्नो कप्तानीमा सन् १९८६ मा अर्जेन्टिनालाई विश्वकप फुटवलको उपाधि दिलाएका थिए । आफ्नो करियरमा बार्सिलोना र नापोलीबाट खेलेका म्याराडोनाले दुईवटा ‘सिरिए ए’ को टाइटल पनि जिताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *