Sunday, May 09, 2021
Home > मुख्य समाचार > विराटनगर महानगरपालिकाको बखरी र दरैया सडक किनारमा राखिएको परालमा रहस्यमय ढंगले आगलागी

विराटनगर महानगरपालिकाको बखरी र दरैया सडक किनारमा राखिएको परालमा रहस्यमय ढंगले आगलागी

विराटनगर १६ मंसिर
विराटनगर महानगरपालिकाको वडानम्बर १२ र १६ मा पर्ने बखरी र दरैयामा स्थानिय किसानले सडक किनारमा राखेका परालमा गएराति आगलागी भएको हो । आगलागी भएको बिषयमा सम्बन्धित किसानहरुले आईतबार राति १२ बजे थाहा पाएका थिए । किसानहरुले सूचना दिएपछि पुगेको शसस्त्र, नेपाल प्रहरी र बारुणयन्त्रले स्थानियको सहयोगमा सोमबार बिहानमात्र आगो नियन्त्रणमा लिन सकेका थिए । उक्त सडक क्षेत्रमा पराल किनेर राख्नुभएकी स्थानिय किसान अशिया देवी महतोले आफुले ५ हजार खर्चगरी किनेर ल्याएको पराल जलेर नष्ट भएको बताउनुभयो ।परालमा लागेको आगो बिहानै नियन्त्रणमा आएपनि सोमबार बिहानसम्मपनि परालमा आगो सल्किरहेको देख्न सकिन्थ्यो । सडकक्षेत्रमा राखिएको परालमा एकैपटक आगो लागेका कारण स्थानियमा त्रास निम्तिएको स्थानीय यूवा कुशेश्वर राजवंशीले बताउनुभयो । उक्त आगलागीमा बखरीबाट दक्षिणतर्फ रहेको दरैया हुँदै नेपालभारत सिमाक्षेत्रसम्म पुग्ने बाटोको दाँयाबायाँ डेढ किलोमिटर क्षेत्रसम्म राखिएको कयौं किसानको पराल जलेर खरानी भएको छ । भर्खरै धान झारेका किसानले घरपालुवा जनावर तथा फुस घर मर्मतकालागी सडक किनारमा पराल राखेका थिए । दरैया र बखरीको सो बाटो हुँदै मध्यरातमा नियमितरुपमा तस्करीको लाईन संचालन हुने गरेको पीडित किसानहरुले बताएका छन । टेम्पु र मोटरसाईकल प्रयोग गरेर भारतबाट तस्करी गर्ने गरिएको उनिहरुले बताएका छन । तस्कर गर्ने समुहलेनै आफ्नो सुरक्षाकालागि परालहरुमा आगो लगाएको हुनसक्ने पीडित एकजना किसानले बताएका छन । तस्करीको माल ल्याउने क्रममा पराल छेउमा प्रहरी लुकेर घेराबन्दी गर्नसक्ने आशंकामा आगो लगाएको हुन सक्ने उहाँको भनाई छ । सडक किनारका सबै परालहरु जलाउने उद्धेश्य सहित परालहरुमा डिजेल छर्केर लामो दुरीसम्म आगो लगाइएको उहाँको दाबी छ । आगलागीबाट विपन्न किसानहरुले ठूलो आर्थिक क्षति बेहोर्नुपरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *