Sunday, May 09, 2021
Home > मुख्य समाचार > सुनसरीको दुहबी नगरपालिका सुनसरीका १७ बर्षिय एक यूवाको अपहरणपछि निर्मम हत्या

सुनसरीको दुहबी नगरपालिका सुनसरीका १७ बर्षिय एक यूवाको अपहरणपछि निर्मम हत्या

सुनसरी १६ मंसिर
सुनसरीको दुहबी नगरपालिका सुनसरीका १७ बर्षिय एक यूवाको अपहरणपछि निर्मम हत्या भएको छ । अपहरणपछि उनको हत्या भएको हुनसक्ने पीडित परिवारले आशंका गरेका छन । दुहबी नगरपालिका वडानम्बर २ का १७ बर्षिय यूवा सुजन नारायण चौधरीको शव सोमबार बिहान घर नजिकै भेटिएको छ । प्लस टूमा अध्ययनगर्दै गरेका चौधरीको शव घरभन्दा ५ सय मिटर दक्षिणको चौरमा भेटिएको छ । दुहबी नगरपालिका वडानम्बर २ मा रहेको अरुण बनस्पति उद्योग भन्दा १ सय मिटर उत्तरतर्फको चौरमा उनको शव भेटिएको हो । मंसिर १० गते बुधबार सांझ ७ बजे साथीहरुसंग भेटेर आउछु भन्दै घरबाट निस्किएका उनको शव ५ दिनपछि सो ठाँउमा भेटिएको हो । सुजन अत्यन्त शान्त स्वाभावका रहेका तथा कोहिकसैसंग उनको रिसिईबि नरहेको हजुवुआ रुद्रनारायण चौधरीले बताउनुभयो ।
मंसिर १० गते सांझ सुजन बेपत्ता भएपछि परिवारजनले उनले बोकेका ट्याबमा सम्पर्क गरेका थिए सो क्रममा उनले आफु गाँउघरमै रहेको र छिट्टै घर फर्किने आफ्ना बाबुलाई बताएका थिए तर अबेरसम्म नफर्किएपछि दोश्रो पटक फोनगर्दा अर्कै अपरिचित ब्यक्तीले सुजनको फोन उठाएका थिए । ती अपरिचित ब्यक्तीले तपाईको छोरा मेरो कब्जामा छ भन्दै फोन अफ गरिदिएका थिए । छोरा बेपत्ता भएपछि परिवारजन लगातार प्रहरीको सम्पर्कमा थिए । सो क्रममा प्रहरीले सुजनले प्रयोगगर्दै आएका ट्याबको ट्रेसिङबाट मृतककै छिमेकी २० बर्षिय सुमन झालाई आईतबार राति पक्राउ गरेको पीडित परिवारले जानकारी दिएको छ । पक्राउ परेका झालाई प्रहरीले केरकारगर्दा उनले नै शव फालिएको स्थान बताईदिएको मृतकका आफ्न्त हुलासचन्द चौधरीले जानकारी दिनुभयो । शव भेटिएपछि सुनसरी प्रहरीले शवको मुचुल्का उठाई पोष्टमार्टमकालागि धरानस्थित विपी कोईराला स्वास्थ्य विज्ञानतर्फ पठाएको छ । मृतकको अनुहारमा चोटपटक तथा निधार ढुंगाजस्तो कुनै बस्तुले कुच्च्याएको जस्तो देखिएको आफ्न्त ललित नारायण चौधरीले बताउनुभयो । मृतकका बाबु सुरेन्द्र चौधरी नेपाल टेलिकमको क्षेत्रीय कार्यालय विराटनगरमा सिनियर टेक्नीसियनको रुपमा कार्यरत हुनुहुन्छ । घटनापछि चौधरी दम्पति अचेत हुनुभएको छ । उहाँहरुको दुहबीस्थित सुनसरी सामुदायिक हस्पीटलमा उपचार भइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *