Friday, June 05, 2026
Home > मुख्य समाचार > अब घरमै बसेर एनओसी: प्रक्रिया पूर्ण रूपमा अनलाइन

अब घरमै बसेर एनओसी: प्रक्रिया पूर्ण रूपमा अनलाइन

काठमाडौं — वैदेशिक अध्ययनका लागि आवश्यक ‘नो अब्जेक्सन सर्टिफिकेट’ (एनओसी) अब घरबाटै अनलाइनमार्फत लिन सकिने भएको छ। शिक्षा मन्त्रालयअन्तर्गतको एनओसी शाखाले त्रिभुवन विश्वविद्यालय र काठमाडौं विश्वविद्यालयसँग प्रणाली जोड्दै सेवा ‘फेसलेस’ बनाएको हो।

अब विद्यार्थीले अनलाइन आवेदन, शुल्क भुक्तानी र प्रमाणपत्र डाउनलोड सबै काम आफैं गर्न सक्नेछन्। क्यूआर कोडसहितको एनओसी सिधै प्रयोग गर्न मिल्नेछ भने अधिकांश अवस्थामा कार्यालय धाउनुपर्ने झन्झट हटेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *