Friday, June 05, 2026
Home > स्थानीय समाचार > कञ्चनपुर–बर्दियाबाट १८ कृष्णसार चितवन टिकौलीमा स्थानान्तरण

कञ्चनपुर–बर्दियाबाट १८ कृष्णसार चितवन टिकौलीमा स्थानान्तरण

काठमाडौँ, २३ चैत — वन तथा वातावरण मन्त्रालयले कञ्चनपुर र बर्दियाबाट १८ वटा कृष्णसार चितवनको टिकौली क्षेत्रमा स्थानान्तरण गर्ने निर्णय गरेको छ। स्थानान्तरण गरिनेमध्ये ६ भाले र १२ पोथी रहेका छन्। लोपोन्मुख प्रजातिको संरक्षण र संख्या वृद्धि गर्ने उद्देश्यले २० हेक्टर क्षेत्रमा घेराबारसहित आवश्यक पूर्वाधार निर्माण गरी सुरक्षित आवास तयार पारिनेछ। मन्त्रालयका अनुसार प्रभावकारी संरक्षणका कारण नेपालमा कृष्णसारको संख्या हाल ५०० भन्दा बढी पुगेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *