काठमाडौं — सामाजिक सञ्जालमा जबरजस्ती करणीको आरोप आएपछि कलाकार सागर लम्साल (बले) शनिबार कपनबाट पक्राउ परेका छन्।
हाल उनी जिल्ला प्रहरी परिसर, भद्रकालीको हिरासतमा छन् र सार्वजनिक शान्तिमा खलल पुर्याएको आरोपमा अनुसन्धान जारी छ।
प्रहरीका अनुसार अहिलेसम्म पीडित संगम बिष्टले जाहेरी दिएका छैनन् र पक्राउ सामाजिक सञ्जालको आधारमा गरिएको हो। अनुसन्धानको म्याद भित्र थप तथ्य आएमा वा नयाँ जाहेरी आएमा अन्य मुद्दामा पनि कारबाही अगाडि बढाउन सकिने प्रहरीले जनाएको छ।


