Friday, June 05, 2026
Home > स्थानीय समाचार > चिडियाखानाभित्र पुरुष मृत फेला

चिडियाखानाभित्र पुरुष मृत फेला

काठमाडौं । ललितपुरस्थित चिडियाखानाभित्र एक पुरुष मृत अवस्थामा फेला परेका छन्।

चिडियाखानाको पोखरीमा डुबेको अवस्थामा भेटिएका ती पुरुषलाई प्रहरीले पाटन अस्पताल पुर्‍याए पनि उनको मृत्यु भइसकेको जनाएको छ।

मृतकको पहिचान खुल्न बाँकी रहेको र घटनाबारे सीसीटीभी फुटेजसहित अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *