Friday, June 05, 2026
Home > मुख्य समाचार > जेठ ४ देखि विनियोजन विधेयकका सिद्धान्तमाथि संसदमा छलफल

जेठ ४ देखि विनियोजन विधेयकका सिद्धान्तमाथि संसदमा छलफल

काठमाडौं । प्रतिनिधिसभामा आगामी आर्थिक वर्षको विनियोजन विधेयकका सिद्धान्त तथा प्राथमिकतामाथि जेठ ४, ५ र ६ गते छलफल हुने भएको छ ।

अर्थमन्त्री स्वर्णिम वाग्लेले प्रस्तुत गरेको प्रस्तावमाथि दलीय आधारमा छलफलको समय निर्धारण गरिएको सभामुख डोलप्रसाद अर्यालले जानकारी दिए ।

छलफलमा सहभागी हुने सांसदलाई जेठ ४ गते बैठक सुरु हुनुअघि कार्यव्यवस्था परामर्श समितिमा नाम बुझाउन आग्रह गरिएको छ । प्रतिनिधिसभाको अर्को बैठक जेठ ४ गते बिहान ११ बजे बस्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *