टोखा नगरपालिका–७ अन्तर्गत धापासी–ग्रीनल्यान्ड आसपासका सरकारी जग्गा अतिक्रमण गरी बनाइएका घरटहरा हटाइएको छ । नगरपालिकाले १५ दिने सूचना जारी गरेपछि पनि अटेरी गर्ने संरचना डोजर प्रयोग गरी हटाएको हो । सार्वजनिक जग्गा खाली गराउने अभियान जारी रहने नगरपालिकाले जनाएको छ ।


