Friday, June 05, 2026
Home > मुख्य समाचार > पोखरा विमानस्थलमा भ्रष्टाचार मुद्दा : २१ व्यक्ति र २ कम्पनी अदालतमा

पोखरा विमानस्थलमा भ्रष्टाचार मुद्दा : २१ व्यक्ति र २ कम्पनी अदालतमा

काठमाडौं — पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा अनियमितता गरेको आरोपमा पूर्व पर्यटन सचिव केदारबहादुर अधिकारीसहित २१ व्यक्ति र २ कम्पनीविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर भएको छ।

विशेष अदालतका अनुसार २३ प्रतिवादीबाट ४६ करोड १५ लाख रुपैयाँभन्दा बढी बिगो दाबी गरिएको छ।

चीनको ऋण सहयोगमा निर्माण भएको यो राष्ट्रिय गौरवको आयोजना २०७९ सालमा सम्पन्न भएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *