Friday, June 05, 2026
Home > आर्थिक समाचार > शेयर बजार नीति खारेजी माग गर्दै लेखा समितिमा उजुरी

शेयर बजार नीति खारेजी माग गर्दै लेखा समितिमा उजुरी

नेपाल शेयरबजार लगानीकर्ता संघले पुँजी बजारका नयाँ नीतिगत व्यवस्थाहरू खारेज गर्न माग गर्दै सार्वजनिक लेखा समितिमा उजुरी दिएको छ।

संघले नेप्सेले लागू गर्न लागेको कारोबारसम्बन्धी नियमहरू स्वार्थ समूहको प्रभावमा बनेको दाबी गरेको छ।

नयाँ व्यवस्थाअनुसार प्रारम्भिक मूल्य उतारचढाव सीमा २ बाट ५ प्रतिशत, दैनिक सीमा १० बाट १५ प्रतिशत र सूचकमा कारोबार रोकावटको सीमा परिवर्तन गर्ने तयारी छ।

संघका अनुसार यी नियमले बजारमा अस्थिरता बढाई आम लगानीकर्ताको लगानी जोखिममा पार्ने भएकाले तत्काल खारेज गर्नुपर्ने माग गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *