इटहरी — सुनसरीका मालपोत र यातायात कार्यालयमा बिचौलियाको बढ्दो प्रभाव नियन्त्रण गर्न प्रहरीले विशेष अभियान सञ्चालन गर्दै १७ जनालाई पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार इनरुवा मालपोत कार्यालयबाट १३ जना र इटहरीस्थित यातायात व्यवस्था कार्यालयबाट ४ जना पक्राउ परेका हुन्। उनीहरू सेवाग्राहीसँग रकम असुल्ने र छिटो काम गरिदिने बहानामा हस्तक्षेप गर्ने आरोपमा नियन्त्रणमा लिइएका हुन्।
पक्राउ परेकामाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। यसैबीच, नेपाल लेखापढी कानुन व्यवसायी संघ सुनसरीले केही व्यक्तिलाई बिना कारण पक्राउ गरिएको भन्दै आपत्ति जनाएको छ।


