Friday, June 05, 2026
Home > राष्ट्रिय समाचार > कलाकार सागर लम्साल (बले) माथि सार्वजनिक शान्तिमा खललको आरोप

कलाकार सागर लम्साल (बले) माथि सार्वजनिक शान्तिमा खललको आरोप

काठमाडौं — सामाजिक सञ्जालमा जबरजस्ती करणीको आरोप आएपछि कलाकार सागर लम्साल (बले) शनिबार कपनबाट पक्राउ परेका छन्।

हाल उनी जिल्ला प्रहरी परिसर, भद्रकालीको हिरासतमा छन् र सार्वजनिक शान्तिमा खलल पुर्‍याएको आरोपमा अनुसन्धान जारी छ।

प्रहरीका अनुसार अहिलेसम्म पीडित संगम बिष्टले जाहेरी दिएका छैनन् र पक्राउ सामाजिक सञ्जालको आधारमा गरिएको हो। अनुसन्धानको म्याद भित्र थप तथ्य आएमा वा नयाँ जाहेरी आएमा अन्य मुद्दामा पनि कारबाही अगाडि बढाउन सकिने प्रहरीले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *