सांसद खुश्बु ओलीले कक्षा १२ को परीक्षा केन्द्र टाढा तोकिँदा विद्यार्थीहरूलाई कठिनाइ भएको भन्दै सरकारको ध्यानाकर्षण गराएकी छन्। जाजरकोटमा परीक्षा केन्द्र करिब ३० किलोमिटर टाढा सारिँदा विद्यार्थीलाई आवतजावत, आवास र खानपानमा समस्या भएको उनको भनाइ छ।
ओलीले भौगोलिक अवस्था र विद्यार्थीको सहजतालाई ध्यानमा राखेर परीक्षा केन्द्र पुनर्विचार गर्न शिक्षा मन्त्रालयलाई आग्रह गरेकी छन्।


