नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसी ले प्रधानमन्त्री वालेन्द्र शाह संसद्प्रति जिम्मेवार नदेखिएको टिप्पणी गरेका छन् । प्रतिनिधिसभामा बोल्दै उनले प्रधानमन्त्री संसद्को अभिन्न अंगजस्तो व्यवहार नगरेको भन्दै ‘छुट्टै टापुको सम्राट’ जस्तो अनुभूति भएको बताए । विपद् व्यवस्थापनजस्तो गम्भीर विषयमा पनि प्रधानमन्त्री सदनमा अनुपस्थित रहेको भन्दै उनले आपत्ति जनाए ।


