Saturday, March 07, 2026
Home > खेलकुद समाचार > अर्जेन्टिनी स्टार लियोनल मेस्सी विश्वको उत्कृष्ट खेलाडी

अर्जेन्टिनी स्टार लियोनल मेस्सी विश्वको उत्कृष्ट खेलाडी

बार्सिलोनाका कप्तान अर्जेन्टिनी स्टार लियोनल मेस्सी विश्वको उत्कृष्ट खेलाडी बन्दै फिफा वर्ष खेलाडी ‘द बेष्ट’ घोषित भएका छन् ।

सन् २०१८ मा उत्कृष्ट खेलाडी घोषित हुँदै मेस्सीले अवार्ड जितेका हुन् । विश्व फुटबलको सर्वोच्च निकाय फिफाले गएराति इटालीको मिलान मेस्सीलाई ’द बेष्ट’ अवार्ड प्रदान गरेको हो । अवार्ड जित्ने क्रममा मेस्सीले युभेन्ट्सका क्रिस्टियानो रोनाल्डो र लिभरपुलका भान डाइकलाई पछि पारे । महिलातर्फको वर्ष खेलाडी अवार्ड मेगान रापिनोईले जितिन् । फिफा वर्ष पुरुष प्रशिक्षकको अवार्ड लिभरपुलका जोर्गेन क्लोपले जिते । महिलातर्फको अवार्ड जिल एलिसले जितिन् । वर्षको उत्कृष्ट गोल पुस्कास अवार्ड हंगेरीका डानियल जेसोरीले जिते । सिल्भिया ग्रेकोले फिफा फ्यान अवार्ड जिते । फिफा वर्ष महिला गोलकिपर अवार्ड एट्लेटिको मड्रिडकी गोलकिपर सारी भान भिनेनडलले जितिन् । फिफा फेयर प्ले अवार्ड मार्सेलो बिलसा र लिड्स युनाइटेडले जितेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *