Home > खेलकुद समाचार

अन्तिम समयमा जापानको पुनरागमन, नेदरल्याण्ड्ससँग २–२ बराबरी

काठमाडौं । विश्वकप फुटबलमा जापानले उत्कृष्ट पुनरागमन गर्दै नेदरल्याण्ड्ससँग २–२ को बराबरी खेलेको छ। दुई पटक पछि परेको जापानका लागि केइतो नाकामुरा र कोकी ओगावाले गोल गरे। ओगावाले ८७औँ मिनेटमा गोल गर्दै टोलीलाई हारबाट जोगाए। बराबरीसँगै दुवै टोलीले १–१ अंक बाँडे।

Read More

विश्वकपमा जर्मनीको गोल वर्षा, क्युरासाओ ७–१ ले पराजित

काठमाडौं । विश्वकप फुटबलमा जर्मनीले क्युरासाओमाथि ७–१ को शानदार जित दर्ता गरेको छ। फेलिक्स नेचा, काइ हाभर्ट्ज (२ गोल), जमाल मुसियाला लगायतका खेलाडीको उत्कृष्ट प्रदर्शनमा जर्मनीले सहज विजय हासिल गर्दै प्रतियोगितामा ३ अंक जोड्यो। क्युरासाओका लागि लिभियानो एमिन्सियाले विश्वकप डेब्युमै ऐतिहासिक गोल गरेका थिए।

Read More

अन्तिम मिनेटको गोलमा आइभरीकोस्ट विजयी

काठमाडौं । विश्वकप फुटबलमा आइभरीकोस्टले इक्वेडरलाई १–० ले पराजित गर्दै विजयी सुरुआत गरेको छ। गोलरहित बराबरीतर्फ उन्मुख खेलमा अमाड डियालोले ९०औँ मिनेटमा निर्णायक गोल गर्दै टोलीलाई महत्वपूर्ण ३ अंक दिलाए।

Read More

विश्वकपमा स्वीडेनको दमदार सुरुआत, ट्युनिसियामाथि ५–१ को जित

काठमाडौं । विश्वकप फुटबलमा स्वीडेनले पहिलो खेलमै प्रभावशाली प्रदर्शन गर्दै ट्युनिसियालाई ५–१ ले पराजित गरेको छ। यासिन आएरी, अलेक्जेन्डर इसाक, भिक्टर ग्योकेरेस र माटियास स्वानबर्गको गोलमा स्वीडेनले सहज जित निकाल्दै प्रतियोगितामा विजयी सुरुआत गरेको हो। यससँगै स्वीडेनले महत्वपूर्ण ३ अंक जोडेको छ।

Read More

अष्ट्रेलियाको सहज जित, टर्किए २–० ले पराजित

काठमाडौं । विश्वकपअन्तर्गत समूह ‘डी’ को खेलमा अष्ट्रेलियाले टर्किएलाई २–० ले हराएको छ। अष्ट्रेलियाका लागि नेस्त्री इराकुन्डाले पहिलो हाफमा गोल गरे भने दोस्रो हाफमा कोनोर मेटक्याफले अर्को गोल थपे। यस जितसँगै अष्ट्रेलियाले प्रतियोगितामा महत्वपूर्ण तीन अंक जोडेको छ।

Read More

विश्वकपमा स्कटल्याण्डको विजयी पुनरागमन

काठमाडौं । २८ वर्षपछि विश्वकपमा फर्किएको स्कटल्याण्डले विजयी सुरुआत गरेको छ। समूह ‘सी’ अन्तर्गत भएको खेलमा उसले हाइटीलाई १–० ले पराजित गर्‍यो। स्कटल्याण्डका लागि जोन मेग्गनीले पहिलो हाफमै निर्णायक गोल गरे। यस जितसँगै स्कटल्याण्डले प्रतियोगितामा पहिलो तीन अंक जोडेको छ।

Read More

ब्राजिल र मोरक्कोले अंक बाँडे

फिफा विश्वकप अन्तर्गत समूह चरणको खेलमा ब्राजिल र मोरक्कोले १–१ को बराबरी खेल्दै अंक बाँडेका छन्। मोरक्कोका इस्माइल सैबारीले सुरुआती अग्रता दिलाए पनि ब्राजिलका भिनिसियसले जवाफी गोल गर्दै खेल बराबरीमा ल्याएका थिए। दोस्रो हाफमा थप गोल नहुँदा दुवै टोलीले एक–एक अंकमा चित्त बुझाए।

Read More

विश्वकप २०२६: ब्राजिल–मोरक्को भिडन्त , नेइमार अनुपस्थित रहने सम्भावना

फिफा विश्वकप २०२६ अन्तर्गत समूह चरणको बहुप्रतीक्षित खेलमा आइतबार बिहान ब्राजिल र मोरक्को आमनेसामने हुँदैछन्। खेल न्यु जर्सीस्थित मेटलाइफ स्टेडियममा नेपाली समय अनुसार बिहान ३:४५ बजे सुरु हुनेछ। ब्राजिलले पाँच पटक विश्वकप जितिसकेको भए पनि पछिल्ला वर्षहरूमा उपाधि जित्न सकेको छैन। यस पटक टोलीले नयाँ प्रशिक्षक कार्लो एन्सेलोटीको नेतृत्वमा पुनः उपाधि

Read More

ब्राजिलको विश्वकप तयारीमा प्रविधिको साथ, खेलाडीले लगाए स्मार्ट भेस्ट

काठमाडौं । ब्राजिलले विश्वकपमा उत्कृष्ट प्रदर्शनका लागि आधुनिक ‘स्मार्ट भेस्ट’ प्रविधिको प्रयोग गरिरहेको छ। खेलाडीले जर्सीभित्र लगाउने यो उपकरणले दौडको गति, मुटुको धड्कन, थकान र शारीरिक अवस्थाबारे तथ्यांक संकलन गर्छ। संकलित जानकारीले प्रशिक्षक टोलीलाई खेलाडीको फिटनेस मूल्याङ्कन, चोटको जोखिम पहिचान र रणनीतिक निर्णय लिन सहयोग पुर्‍याउने विश्वास गरिएको छ। ब्राजिलका अनुसार

Read More

विश्वकप उद्घाटन खेलमा अमेरिकाको दमदार सुरुआत

काठमाडौं । घरेलु मैदानमा सुरु भएको फिफा विश्वकपको उद्घाटन खेलमा अमेरिकाले पाराग्वेलाई ४–१ ले हराउँदै विजयी सुरुआत गरेको छ। खेलको सुरुआतमै आत्मघाती गोलबाट अग्रता लिएको अमेरिकाका लागि फ्लोरियन बलागुनले दुई गोल थपे। दोस्रो हाफमा पाराग्वेले एक गोल फर्काए पनि जियोभानो रेनाको अन्तिम समयमा आएको गोलले अमेरिकालाई फराकिलो जित दिलायो। यस जितसँगै अमेरिकाले

Read More