Home > राष्ट्रिय समाचार

एमालेभित्र विवादको हल्ला निराधार : शंकर पोखरेल

काठमाडौं । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले पार्टीभित्र सहमति–असहमतिका विषयमा फैलाइएका चर्चा भ्रमपूर्ण रहेको बताएका छन्। च्यासलमा आयोजित कार्यक्रममा उनले पार्टी वर्तमान संस्थागत निर्णयअनुसार अघि बढिरहेको उल्लेख गर्दै कार्यदलको छलफल अझै जारी रहेको बताए। देशको आवश्यकताअनुसार सबै एकजुट भएर अगाडि बढ्नुपर्नेमा पनि उनले जोड दिए।

Read More

सांसद थेबेको टिप्पणी– बजेटमा युवा रोजगारीको स्पष्ट योजना छैन

काठमाडौं । एमाले सांसद क्षितिज थेबेले बजेटमा युवाका लागि रोजगारी सिर्जना गर्ने ठोस योजना नदेखिएको बताएका छन्। प्रतिनिधिसभामा बोल्दै उनले युवाहरूले रोजगारका अवसर बढ्ने अपेक्षा गरे पनि बजेटमा त्यसको स्पष्ट आधार नभेटिएको बताए। साथै, ताप्लेजुङको अलैँची उत्पादन प्रवर्द्धनका लागि अन्तर्राष्ट्रिय बजार पहुँच, समर्थन मूल्य र कृषि बिमाको व्यवस्था गर्न सरकारसँग माग

Read More

लम्सालको अभिव्यक्तिमाथि विश्वप्रकाशको प्रश्न– ‘कानुनभन्दा माथि जाने समाज बनाउँदैछौँ ?’

काठमाडौं । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले पूर्वाधारमन्त्री सुनिल लम्सालको ‘ठेकेदारको खुट्टा भाँचिदिनू’ भन्ने अभिव्यक्तिप्रति आपत्ति जनाएका छन्। सामाजिक सञ्जालमार्फत प्रधानमन्त्री वालेन्द्र शाहलाई प्रश्न गर्दै उनले कानुन र न्यायको सट्टा कठोर तथा अराजक सोचतर्फ समाज धकेलिन खोजिएको हो कि भनेर चिन्ता व्यक्त गरे। उनले हालै भएका टेम्पो र मोबाइल नष्ट गरिएका

Read More

खर्च कटौतीको नाममा केन्द्रीय कानुन पुस्तकालय बन्द गर्ने तयारी

काठमाडौं । सरकारले सर्वोच्च अदालतअन्तर्गत सञ्चालन हुँदै आएको केन्द्रीय कानुन पुस्तकालय खारेज गर्ने तयारी गरेको खबर सार्वजनिक भएको छ। ३३ वर्षअघि स्थापना भएको पुस्तकालयमा १५ हजारभन्दा बढी कानुनी पुस्तक, जर्नल, राजपत्र, नजिर र अनुसन्धान सामग्री संग्रहित छन्। नेपाल बार एसोसिएसनका महासचिव केदार कोइरालाले खर्च कटौतीको बहानामा पुस्तकालय बन्द गर्ने तयारीबारे जानकारी

Read More

डिजिटल अभियानमा जोड्दै एमाले, विचार घरघर पुर्‍याउने घोषणा

काठमाडौं । नेकपा (एमाले)का प्रचार तथा प्रकाशन विभाग प्रमुख निरज आचार्यले पार्टीको विचार र नीति डिजिटल माध्यममार्फत प्रत्येक नागरिकसम्म पुर्‍याउने बताएका छन्। पदभार ग्रहण कार्यक्रममा उनले प्रचार–प्रसारलाई आधुनिक बनाउँदै मोबाइल र सामाजिक सञ्जालमार्फत जनतासँग प्रत्यक्ष जोडिने रणनीति अघि सार्ने बताए। साथै, पार्टीविरुद्ध फैलिने भ्रम र दुष्प्रचारको तथ्यका आधारमा प्रतिवाद गरिने पनि

Read More

अतिरिक्त ५% विद्युत् कर फिर्ता लिन उपभोक्ता महासंघको माग

सामुदायिक विद्युत् उपभोक्ता राष्ट्रिय महासंघले ५० युनिटभन्दा बढी विद्युत् खपत गर्ने उपभोक्तामाथि लगाइएको अतिरिक्त ५ प्रतिशत भ्याट तत्काल खारेज गर्न सरकारसँग माग गरेको छ। महासंघले यस्तो करले विद्युत् खपत बढाउने र विद्युतीय उपकरणको प्रयोग प्रोत्साहन गर्ने सरकारी नीतिलाई कमजोर बनाउने भन्दै उपभोक्तामैत्री महसुल नीति अवलम्बन गर्न आग्रह गरेको छ।

Read More

विगतका निर्णय छानबिन गर्न नेकपा सांसद शाहीको चुनौती

नेकपा सांसद महेन्द्रबहादुर शाहीले वर्तमान मन्त्रीहरूले आफ्ना कमजोरी लुकाउन अघिल्ला सरकारमाथि आरोप लगाएको बताएका छन्। उनले विगतमा कानुनविपरीत काम भएको भए निष्पक्ष छानबिन गरी दोषीमाथि कारबाही गर्न सरकारलाई चुनौती दिएका छन्। साथै, जनअपेक्षाअनुसार विकास, रोजगारी र भ्रष्टाचार नियन्त्रणमा सरकार केन्द्रित हुनुपर्ने बताएका छन्।

Read More

ठेकेदारलाई ‘खुट्टा भाँचिदिनू’ भनेपछि सुनिल लम्साल विवादमा

पूर्वाधार विकासमन्त्री सुनिल लम्सालको ठेकेदारप्रति दिएको विवादास्पद अभिव्यक्ति सामाजिक सञ्जालमा भाइरल बनेको छ। नौबिसे–मलेखु सडकखण्ड अनुगमनका क्रममा बिजुलीको पोल नहटाएको भन्दै उनले ठेकेदारको “खुट्टा भाँचिदिनू” भनेको भिडियो सार्वजनिक भएपछि उनको अभिव्यक्तिको आलोचना भइरहेको छ।

Read More

वैज्ञानिकको कम तलबले नार्कमा जनशक्ति अभाव : एमाले सांसद

एमाले सांसद गुरुप्रसाद बरालले वैज्ञानिकहरूलाई उचित पारिश्रमिक नदिँदा नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) मा दक्ष जनशक्तिको अभाव भएको बताएका छन्। उनले वरिष्ठ वैज्ञानिकका पद खाली रहेको र कामचलाउ व्यवस्थामा संस्था सञ्चालन गर्नुपर्ने अवस्था आएको उल्लेख गर्दै वैज्ञानिकका लागि आकर्षक तलब तथा सुविधा व्यवस्था गर्न सरकारसँग माग गरेका छन्।

Read More

यार्सागुम्बा उत्पादन घट्दा हिमाली अर्थतन्त्र संकटमा

नेकपा सांसद धनबहादुर बुढाले यार्सागुम्बा उत्पादनमा करिब ६० प्रतिशत गिरावट आउँदा हिमाली क्षेत्रको अर्थतन्त्र प्रभावित भएको बताएका छन्। उनले उत्पादन घटेसँगै स्थानीय बजार सुनसान बनेको, हजारौँ परिवारको आम्दानी घटेको र खाद्यसंकटको चिन्ता बढेको उल्लेख गर्दै संरक्षण, राहत र दीर्घकालीन व्यवस्थापनका लागि सरकारसँग तत्काल पहल गर्न माग गरेका छन्।

Read More