Home > विराटनगर समाचार

कोसी प्रदेशको बजेट ४० अर्ब ४४ करोड, पूर्वाधार र उत्पादनलाई प्राथमिकता

विराटनगर । कोसी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि ४० अर्ब ४४ करोड रुपैयाँको बजेट सार्वजनिक गरेको छ। बजेट चालु वर्षको तुलनामा १२.७४ प्रतिशतले बढेको हो। आर्थिक मामिला तथा योजनामन्त्री विदुरकुमार लिङ्थेपका अनुसार कुल बजेटमध्ये चालु खर्च १३ अर्ब ९७ करोड, पुँजीगत खर्च २० अर्ब ७५ करोड र वित्तीय

Read More

कांग्रेस इतर समूहको विराटनगरमा प्रादेशिक भेला

विराटनगर । नेपाली कांग्रेसको संस्थापन इतर समूहले विराटनगरमा प्रादेशिक भेला सुरु गरेको छ। भेलामा डा. शेखर कोइराला, डा. शशांक कोइराला, कृष्णप्रसाद सिटौलालगायत शीर्ष नेताहरू सहभागी छन्। पार्टीभित्र देखिएको पछिल्लो विवाद र आगामी रणनीतिबारे छलफल गर्न इतर समूहले प्रदेशस्तरीय भेला आयोजना गरेको जनाएको छ।

Read More

कोशी प्रदेशमा ४० अर्बभन्दा ठूलो बजेटको तयारी

विराटनगर । कोशी प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि ४० अर्ब रुपैयाँभन्दा बढीको बजेट ल्याउने तयारी गरेको छ। बजेट निर्माण अन्तिम चरणमा पुगेसँगै मन्त्रालयहरूमा योजना समावेश गर्ने क्रम तीव्र बनेको छ। बजेटको आकार बढाउन सिलिङसमेत बढाइएको छ भने मन्त्रालयहरूबीच स्रोत बाँडफाँडलाई लिएर असन्तुष्टि देखिएको छ। यसैबीच सरकारले थप साढे ४ अर्ब

Read More

विराटनगरको होटलमा भारतीय युवक मृत फेला

विराटनगर । विराटनगरस्थित एक होटलमा बसेका २४ वर्षीय भारतीय नागरिक प्रिन्स कुमारको मृत्यु भएको छ। प्रहरीका अनुसार शनिबार राति होटलको कोठामै अचानक बिरामी परेका उनलाई उपचारका लागि अस्पताल लगिए पनि चिकित्सकले मृत घोषणा गरेका थिए। मृत्युको कारण खुल्न नसकेको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

Read More

विराटनगरमा बढ्दो सफारी दुर्घटनाले सडक सुरक्षा चुनौती

विराटनगरमा सर्वसाधारणका लागि सहज र सस्तो यातायात बनेको सीटी सफारी पछिल्लो समय सडक दुर्घटनाको प्रमुख कारण बन्दै गएको छ। ट्राफिक प्रहरीका अनुसार लेन अनुशासनको कमी, क्षमताभन्दा बढी यात्रु बोक्ने प्रवृत्ति र चालकको लापरबाहीका कारण दुर्घटना बढिरहेका छन्। हालै भएका केही दुर्घटनामा मानवीय क्षतिसमेत भएको छ। प्रहरीले सफारी चालकलाई लक्षित गरेर सचेतना कार्यक्रम

Read More

विराटनगर–१९ मा विकासको फड्को, २२ किलोमिटर सडक कालोपत्रे

विराटनगर । एक समय पूर्वाधार अभावले पछाडि परेको विराटनगर–१९ मा पछिल्ला वर्षहरूमा उल्लेखनीय विकास भएको छ। वडामा करिब २२ किलोमिटर सडक कालोपत्रे, स्वास्थ्य संस्था स्तरोन्नति तथा सामुदायिक विद्यालयहरूको सुधार गरिएको छ। वडाध्यक्ष श्याम घिमिरेका अनुसार सडक, स्वास्थ्य, शिक्षा, कृषि र धार्मिक पर्यटनका क्षेत्रमा भएका कामले वडाको स्वरूप परिवर्तन हुँदै गएको छ।

Read More

कोसी प्रदेशमा पदाधिकारी र कर्मचारीको सम्पत्ति विवरण संकलन सुरु

विराटनगर । सम्पत्ति छानबिन आयोगको निर्देशनपछि कोसी प्रदेश सरकारले वर्तमान तथा पूर्व पदाधिकारी र उच्च तहका कर्मचारीहरूको सम्पत्ति विवरण माग गरेको छ। मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले मन्त्रालय, आयोग, सचिवालय तथा अन्य निकायलाई सम्बन्धित व्यक्तिहरूको नामावली र सम्पत्ति विवरण उपलब्ध गराउन परिपत्र जारी गरेको हो। प्रदेश स्थापना भएयता सार्वजनिक पदमा रहेका निर्वाचित, मनोनीत

Read More

एसइई कपको क्वाटरफाइनलमा बिकेभिएम, डनबस्को र नरग्राम

विराटनगर, जेठ २० — विराटनगरमा जारी पाँचौँ एसइई कप अन्तरविद्यालय फुटबल प्रतियोगितामा बिकेभिएम, डनबस्को स्कुल र नरग्राम मावि विजयी हुँदै क्वाटरफाइनलमा प्रवेश गरेका छन्। बुधबार भएको खेलमा बिकेभिएमले दिल्ली पब्लिक स्कुललाई २–१, डनबस्कोले ज्ञान सारथि स्कुललाई ८–० तथा नरग्राम माविले राधाकृष्ण माविलाई टाइब्रेकरमा ४–३ ले पराजित गर्दै अन्तिम आठमा स्थान सुरक्षित

Read More

तस्करी नियन्त्रणका लागि विराटनगर सीमामा काँडे तार

विराटनगर— नेपाल–भारत सीमामा बढ्दो तस्करी नियन्त्रण गर्न सशस्त्र प्रहरी बल मोरङले विराटनगर–जोगवनी नाकाको नेपालतर्फ काँडे तार लगाएर घेराबारा गरेको छ। साथै सीमावर्ती क्षेत्रमा रहेका ३७ वटा प्वालसमेत बन्द गरिएको छ। सशस्त्र प्रहरीका अनुसार अवैध रूपमा सामान ओसारपसार, पर्खाल नाघ्ने तथा वारपार गर्ने गतिविधि बढेपछि सुरक्षा व्यवस्था कडा बनाइएको हो। सोमबार मात्र

Read More