Saturday, March 07, 2026
Home > अन्तराष्ट्रिय समाचार > रूस र यूक्रेनले कैदीबन्दी आदानप्रदान गर्ने

रूस र यूक्रेनले कैदीबन्दी आदानप्रदान गर्ने

रूस र यूक्रेनबीच कैदीबन्दी आदानप्रदान गर्ने महत्वपूर्ण सहमतिपछि उनीहरूलाई स्वदेश फिर्ता गर्ने प्रक्रियाअन्तर्गत ७० कैदीहरूलाई रूसको राजधानी मस्को र यूक्रेनको राजधानी किभस्थित विमानस्थलमा उनीहरूलाई अवतरण गराइएको छ ।
यूक्रेनी ३५ कैदीबन्दीलाई लिएर गएको रूसको विमानलाई यूक्रेनी विमानस्थलमा ओरालिएका थियो भने त्यति नै रूसी कैदीलाई लिएर गएको विमान रूसको राजधानी मस्कोमा अवतरण गरी सम्बन्धित देशका अधिकारीको उपस्थितिमा कैदीको आदानप्रदान गरिएको सञ्चारमाध्यमहरुले जनाएका छन् । दुवै देशका कैदी विमानस्थलमा झरेको दृष्यलाई त्यहाँका टेलिभिजनद्वारा प्रत्यक्ष देखाएका थिए । यसैबीच, कैदीहरूको आदानप्रदान गर्ने रूस र यूक्रेनको निर्णयलाई अमेरिका, जर्मनी र फ्रान्सले प्रशंसा गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *