Saturday, March 07, 2026
Home > मुख्य समाचार > नेपालमा कुल संक्रमितको संख्या ८९ हजार दुईसय ६३ पुग्यो

नेपालमा कुल संक्रमितको संख्या ८९ हजार दुईसय ६३ पुग्यो

काठमाण्डौ २० असोज

नेपालमा हिजो ११ सय ३३ जना कोरोना भाइरस (कोभिड—१९) संक्रमणबाट निको भएका छन् ।
संक्रमितको अनुपातमा निको हुनेको संख्या कम भएपनि संक्रमणबाट निको हुनेहरु दिनँहु बढिरहेका छन् । देशभरमा अहिले सम्म ६५ हजार २ सय २ जना निको भइसकेका छन् । यस्तै हिजो २४ सय ४० जना नयाँ संक्रमित थपिएका छन् । १३ हजार ७ सय ८१ पीसीआर परीक्षण भएकोमा ९ सय ३७ महिला र १५ सय ३ जना पुरुष थपिएका हुन । योसँगै नेपालमा कुल संक्रमितको संख्या ८९ हजार दुईसय ६३ पुगेको छ । यद्यपी सक्रिय संक्रमितको संख्या २३ हजार ५ सय ७ छ । अहिले २ सय ३३ जना आइसियु र ४३ जना भेन्टिलेटरमा उपचाररत छन । संक्रमणबाट हिजो थप १९ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ५ महिला र १४ जना पुरुषको कोरोनाबाट मृत्यु भएको हो । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ५ सय ५४ पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *