काठमाडौं । जेन–जी आन्दोलनका क्रममा आफू केवल स्वयंसेवी भएको दाबी गर्दै आएका सुधन गुरुङ नै आन्दोलनका वास्तविक आयोजक भएको प्रमाणित हुने दस्तावेज सार्वजनिक भएको छ। गुरुung अध्यक्ष रहेको ‘हामी नेपाल’ नामक संस्थाले भदौ २२ गते जिल्ला प्रशासन कार्यालय, काठमाडौंमा पत्र लेखी शान्तिपूर्ण प्रदर्शन गर्न अनुमति मागेको खुलेको हो।
उक्त निवेदनमा उनले कुनै अवाञ्छित गतिविधि नहुने तथा सार्वजनिक सम्पत्तिमा क्षति नपुग्ने पूर्ण प्रतिबद्धता जनाएका थिए। तर, वास्तविक घटनाक्रम भने सोही प्रतिबद्धताको विपरीत रह्यो। आन्दोलनका क्रममा जनधनको क्षति भएपनि गुरुङले त्यसको जिम्मेवारी स्विकारेका छैनन्।

