नेकपा एमालेले प्रतिनिधिसभाको समानुपातिक प्रणालीतर्फ निर्वाचित सांसदहरूको नाम आइतबार निर्वाचन आयोगमा पठाउने तयारी गरेको छ।
पार्टी अध्यक्ष केपी शर्मा ओली पितृशोकमा परेपछि शीर्ष नेताहरू व्यस्त रहेकाले आयोगबाट आएको पत्र अझै औपचारिक रूपमा नबुझिएको बताइएको छ। एमालेका नेता निरज आचार्यका अनुसार नेताहरूबीच छलफलपछि आवश्यक निर्णय गरेर आइतबारसम्म नाम पठाइनेछ।
निर्वाचन आयोगले दलहरूबाट प्राप्त नाम अद्यावधिक गरी अन्तिम निर्वाचन प्रतिवेदन राष्ट्रपतिसमक्ष पेश गर्ने प्रक्रिया अघि बढाउनेछ।


