काठमाडौं — आज चैते दसैंअन्तर्गत नवरात्र सुरु भएसँगै देशभर घटस्थापना गरिएको छ।
हनुमानढोका दरबारमा बिहान ७:५१ बजेको शुभ साइतमा घटस्थापना गरी नवदुर्गा देवीको पूजा आराधना सुरु गरिएको छ।
यस अवसरमा देशभरका शक्तिपीठ र देवी मन्दिरहरूमा भक्तजनको भीड लागेको छ।


