Friday, March 13, 2026
Home > राष्ट्रिय समाचार > आज केही प्रदेशमा वर्षा र हिमपातको सम्भावना

आज केही प्रदेशमा वर्षा र हिमपातको सम्भावना

देशका विभिन्न भागमा आज वर्षा र हिमपातको सम्भावना रहेको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार पश्चिमी न्यूनचापीय प्रणाली र अन्य मौसमी प्रभावका कारण पहाडी तथा हिमाली क्षेत्रमा बादल बढ्नेछ।

कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी तथा हिमाली भेगका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा वा हिमपात हुन सक्ने अनुमान गरिएको छ। कर्णाली र सुदूरपश्चिमका पहाडी क्षेत्र तथा मधेश, बागमती र गण्डकीका तराईका एक–दुई स्थानमा पनि हल्का वर्षा हुन सक्ने सम्भावना छ।

मौसम विभागले सम्भावित वर्षा र हिमपातका कारण यात्रा तथा यातायातमा सावधानी अपनाउन सर्वसाधारणलाई आग्रह गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *