Tuesday, March 17, 2026
Home > अन्तराष्ट्रिय समाचार > इजरायल–अमेरिका आक्रमणपछि इरानमा ‘कालो वर्षा’

इजरायल–अमेरिका आक्रमणपछि इरानमा ‘कालो वर्षा’

तेहरान – इरानमा इजरायल र अमेरिकाको आक्रमणपछि केही स्थानमा कालो वर्षा भएको खबर आएको छ। तेहरानस्थित तेल प्रशोधन केन्द्रमा भएको हवाई आक्रमणपछि उठेको बाक्लो धुवाँ वायुमण्डलमा फैलिँदा विषाक्त रसायन मिसिएको वर्षा भएको बताइएको छ।

विशेषज्ञका अनुसार यस्तो वर्षामा बेन्जिनजस्ता घातक रसायन मिसिन सक्ने जोखिम छ। तेहरानका बासिन्दाले घाँटी दुख्ने, आँखामा जलन र सास फेर्न गाह्रो हुने समस्या बताइरहेका छन्।

विश्व स्वास्थ्य संगठनले वायुमण्डलमा हानिकारक तत्व फैलिएको भन्दै चिन्ता व्यक्त गरेको छ भने संयुक्त राष्ट्रसंघको मानवअधिकार कार्यालयले घटनाबारे अनुसन्धानको माग गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *