Monday, March 16, 2026
Home > राष्ट्रिय समाचार > इनिशा विकको हत्या विरोधमा झापामा प्रदर्शन

इनिशा विकको हत्या विरोधमा झापामा प्रदर्शन

झापा — सुर्खेतकी इनिशा विकको बलात्कारपछि हत्या भएको घटनामा दोषीलाई कडा कानुनी कारबाहीको माग गर्दै काँकरभिट्टामा विरोध प्रदर्शन भएको छ।

प्रगतिशील युवा क्लब धुलाबारीको नेतृत्वमा भएको र्‍यालीमा विद्यार्थी, शिक्षक, मानवअधिकारकर्मी र सञ्चारकर्मी सहभागी थिए। सहभागीहरूले दोषीलाई “कडाभन्दा कडा कारबाही गर” लगायत नारा दिँदै पीडित परिवारलाई न्याय दिलाउन सरकारसँग माग गरे।

Leave a Reply

Your email address will not be published. Required fields are marked *