Friday, March 13, 2026
Home > राष्ट्रिय समाचार > इनिसा हत्या प्रकरणको थप अनुसन्धान सीआईबीले गर्ने

इनिसा हत्या प्रकरणको थप अनुसन्धान सीआईबीले गर्ने

सुर्खेत — १६ वर्षीया इनिसा विक बलात्कारपछि हत्या प्रकरणको थप अनुसन्धानका लागि केन्द्रीय अनुसन्धान ब्युरो (सीआइबी) टोली सुर्खेत पुगेको छ। जिल्ला प्रहरी कार्यालय सुर्खेतले प्रारम्भिक अनुसन्धान पूरा भइसकेको भए पनि थप तथ्य पत्ता लगाउन सीआइबीको सहयोग लिएको हो।

प्रहरीले घटनासँग सम्बन्धित मोबाइल र अन्य विद्युतीय सामग्री प्रयोगशालामा परीक्षणका लागि पठाएको छ भने पोलिग्राफ परीक्षणका लागि कर्णाली प्रदेश प्रहरी कार्यालय नेपालगञ्जबाट टोली वीरेन्द्रनगर पुगेको छ।

पक्राउ परेका चारमध्ये तीन जना नाबालक (१८ वर्षमुनिका) हुन्। पीडित किशोरीका बुबा इन्द्रबहादुर विक, जो हाल दुबई प्रहरीमा कार्यरत छन्, हिजो वीरेन्द्रनगर पुगेका छन्।

प्रहरीका अनुसार पोस्टमार्टम रिपोर्ट, पोलिग्राफ परीक्षण, कल डिटेल्स र अन्य प्रमाणका आधारमा अनुसन्धान जारी छ र सबै रिपोर्ट आएपछि अन्तिम निष्कर्ष सार्वजनिक गरिनेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *