काठमाडौं — इजरायलले इरानमा अझै आक्रमण गर्न बाँकी रहेको जनाएको छ। इजरायली सैन्य प्रवक्ता एफी डेफ्रिन ले पश्चिमी र मध्य इरानका क्षेत्रमा आक्रमण विस्तार गरिएको बताएका छन्।
इजरायली रक्षा बल (आईडीएफ) ले इरानका पूर्वाधार तथा इस्लामिक रिभोलुसनरी गार्ड कोर्प्स (आईआरजीसी) र बासिज फोर्ससँग सम्बन्धित केही मुख्यालयमा प्रहार गरेको जनाएको छ।
यसैबीच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र बेलायती प्रधानमन्त्री केअर स्टार्मर बीच स्ट्रेट अफ हर्मुज पुनः सञ्चालन गर्ने विषयमा फोनवार्ता भएको बताइएको छ।


