Monday, March 16, 2026
Home > खेलकुद समाचार > ‘ए’ डिभिजन क्लबहरू आन्दोलित: एन्फाको एकतर्फी निर्णयको विरोध

‘ए’ डिभिजन क्लबहरू आन्दोलित: एन्फाको एकतर्फी निर्णयको विरोध

काठमाडौं — एन्फा ले सहिद स्मारक ‘ए’ डिभिजन लिग वैशाख १ देखि सुरु गर्ने निर्णय एकतर्फी रूपमा गर्दा क्लबहरू आन्दोलित भएका छन्।

क्लबहरूका अनुसार खेलाडीसँग मात्र सम्झौता गरेर मिति तोक्नु अव्यवहारिक र विधानविपरीत भएको छ। हिमालयन शेर्पा क्लबका अध्यक्ष कर्मा छिरिङ शेर्पा नेतृत्वमा क्लबहरूले सात बुँदे मागपत्र पेश गर्दै लिग सञ्चालनमा सुधार र पर्याप्त तयारी समयको माग गरेका छन्। क्लबहरूले माग सम्बोधन नभए थप आन्दोलन र लिगमा सहभागी नहुने चेतावनी दिएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *