Thursday, March 12, 2026
Home > राष्ट्रिय समाचार > कञ्चनपुरमा जीप–मोटरसाइकल ठक्कर, दुईको मृत्यु

कञ्चनपुरमा जीप–मोटरसाइकल ठक्कर, दुईको मृत्यु

कञ्चनपुर — पूर्व–पश्चिम राजमार्गको महेन्द्रनगर–दैजी खण्डमा जीप र मोटरसाइकल ठोक्किँदा दुई जनाको ज्यान गएको छ।

दुर्घटनामा मोटरसाइकल चालक भीमदत्त नगरपालिका–१ बाराकुण्डाका ४० वर्षीय राम लुहार र ४२ वर्षीय दानसिंह धामीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ।

प्रहरीले जीप चालकलाई नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान गरिरहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *