कम्बोडियामा सञ्चालन भइरहेका अनलाइन स्क्यामिङ केन्द्रबाट उद्धार गरिएका २१ जना नेपालीलाई स्वदेश फर्काइएको छ। थाइल्यान्डको बैंककस्थित नेपाली दूतावासको पहलमा कम्बोडिया सरकार र गैरआवासीय नेपाली संघको सहयोगमा उनीहरूलाई शुक्रबार नेपाल पठाइएको हो।
प्रलोभनमा परेर कम्बोडिया पुगेका ती नेपालीलाई त्यहाँ अवैध अनलाइन ठगी, स्क्यामिङ केन्द्र तथा क्यासिनोमा काम गर्न बाध्य बनाइएको थियो। दूतावासले अझै कठिन परिस्थितिमा रहेका अन्य नेपालीलाई पनि उद्धार गरी नेपाल फर्काउने प्रक्रिया जारी रहेको जनाएको छ।


