वीरेन्द्रनगर — चैत ७ देखि हुने प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा कर्णाली प्रदेशको टोलीलाई बिहीबार बिदाइ गरिएको छ।
कर्णाली प्रदेश क्रिकेट संघका सचिव श्रीधर केसीले खेलाडीलाई उच्च मनोबल र अनुशासनका साथ मैदानमा उत्रिन प्रेरित गर्दै सफलताको शुभकामना दिए। टोलीका कप्तान दिवान पुनले यसपटक कर्णालीले राष्ट्रिय प्रतियोगितामा सम्मानजनक स्थान बनाउने विश्वास व्यक्त गरे।
प्रतिष्ठित प्रतियोगितामा सातै प्रदेश र तीन विभागीय टोली सहभागि हुनेछन् र खेल काठमाडौं, जनकपुर र पर्सामा सञ्चालन हुनेछन्।


