Thursday, March 19, 2026
Home > राष्ट्रिय समाचार > काठमाडौंमा अमेरिका–इजरायल–इरान युद्धविरुद्ध प्रदर्शन, तत्काल अन्त्यको माग

काठमाडौंमा अमेरिका–इजरायल–इरान युद्धविरुद्ध प्रदर्शन, तत्काल अन्त्यको माग

काठमाडौंमा मानव अधिकार तथा शान्ति समाज ले अमेरिका–इजरायल र इरानबीच जारी युद्ध अन्त्यको माग गर्दै प्रदर्शन गरेको छ। महाराजगञ्जस्थित अमेरिकी राजदूतावास, लाजिम्पाटस्थित इजरायली राजदूतावास र दरबारमार्गको याक एन्ड यति होटल परिसरमा एकैदिन विरोध गरिएको हो। प्रदर्शनकारीहरूले “युद्ध रोक, शान्ति कायम गर” जस्ता नारा लगाउँदै तत्काल युद्ध अन्त्यको माग गरे। उनीहरूले डोनाल्ड ट्रम्प लाई युद्ध रोक्न र विश्व शान्तिका लागि पहल गर्न आग्रह गरेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *