Tuesday, March 17, 2026
Home > राष्ट्रिय समाचार > काठमाडौंमा १ करोड १६ लाखसहित दुई हुन्डी कारोबारी पक्राउ

काठमाडौंमा १ करोड १६ लाखसहित दुई हुन्डी कारोबारी पक्राउ

काठमाडौं, २ चैत – नागार्जुन नगरपालिका–८ बाट हुन्डी र अभौतिक मुद्राको कारोबारमा संलग्न सागर गिरी (२८) र प्रमोद प्रसाद धिताल (२८)लाई प्रहरीले १ करोड १६ लाख नगदसहित पक्राउ गरेको छ।

जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार, उनीहरूको साथबाट बैंक चेक, एटीएम, नागरिकता, सवारी साधन, मोबाइल, सिमकार्ड र कम्प्युटर बरामद गरिएको छ। जिल्ला अदालत काठमाडौंले उनीहरूलाई ५ दिन म्याद थप गरी अनुसन्धान अघि बढाउन अनुमति दिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *