काठमाडौंमा जारी एन्फा राष्ट्रिय लिग अर्को सूचना नआएसम्म स्थगित भएको छ। अखिल नेपाल फुटबल संघ (एन्फा)ले बिहीबार प्रेस विज्ञप्ति जारी गर्दै लिग अनिश्चितकालका लागि रोकेको जानकारी दिएको हो।
स्थगितसँगै बिहीबारका सबै खेल पनि रद्द भएका छन्। लिगमा नेपाल पुलिस क्लब, त्रिभुवन आर्मी क्लब, एपीएफ, भगवती क्लब, प्लानिङ ब्वाइज युनाइटेड, संकटा एफसी, फ्रेन्डस क्लब, चर्च ब्वाइज युनाइटेड, एनआरटी फुटबल क्लब, मछिन्द्र फुटबल क्लब, जावलाखेल युथ क्लब, सातदोबाटो युथ क्लब, लालीगुराँस एसोसिएसन क्लब, चित्लाङ एफसी, काक्रेविहार क्लब, नव जनजागृति युवा क्लब र मनाङ मर्स्याङ्दी क्लब सहभागी छन्।


