Tuesday, March 17, 2026
Home > अन्तराष्ट्रिय समाचार > काबुल अस्पतालमा हवाई आक्रमण, सयौँको मृत्यु दाबी

काबुल अस्पतालमा हवाई आक्रमण, सयौँको मृत्यु दाबी

काबुल — अफगानिस्तानको राजधानी काबुलस्थित एक अस्पतालमा सोमबार राति भएको हवाई आक्रमणमा ठूलो जनधनको क्षति भएको दाबी गरिएको छ। अफगान अधिकारीहरूका अनुसार उक्त आक्रमणमा करिब ४०० जनाको मृत्यु भएको छ भने २५० जना घाइते भएका छन्।

स्थानीय समयअनुसार राति करिब ९ बजे भएको आक्रमणले २,००० शय्या क्षमताको अस्पतालको ठूलो भाग ध्वस्त बनाएको जनाइएको छ। घटनापछि उद्धार टोलीहरू भग्नावशेषबाट घाइते र शव निकाल्ने कार्यमा जुटिरहेका छन्।

यता पाकिस्तानले भने नागरिक क्षेत्रमा आक्रमण गरेको आरोप अस्वीकार गरेको छ। सीमा क्षेत्रमा बढ्दो तनावबीच भएको यो घटना दुई देशबीचको पछिल्लो समयकै घातक भिडन्त मानिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *