Monday, March 16, 2026
Home > राष्ट्रिय समाचार > काभ्रे–काठमाडौँ बीपी राजमार्गको पुनर्निर्माण तिव्र, जोखिमयुक्त ठाउँ वर्षाअघि सक्ने लक्ष्य

काभ्रे–काठमाडौँ बीपी राजमार्गको पुनर्निर्माण तिव्र, जोखिमयुक्त ठाउँ वर्षाअघि सक्ने लक्ष्य

काभ्रे, २ चैत – बाढीपहिरोले क्षतिग्रस्त काभ्रे–काठमाडौँ बीपी राजमार्गको स्थायी पुनर्निर्माण कार्य तीव्र गतिमा अगाडि बढेको छ। डिभिजन सडक कार्यालय भक्तपुरका अनुसार तीन सडकखण्डमा अहिलेसम्म २५ प्रतिशत काम सम्पन्न भइसकेको छ र जोखिमयुक्त ठाउँको पूर्वाधार आउँदो वर्षाअघि नै तयार गर्ने लक्ष्य राखिएको छ।

सडक पुनर्निर्माण अन्तर्गत झन्डै ३० किलोमिटर सडक दुई लेनमा स्तरोन्नति गरिनेछ भने पाँचवटा पुल पनि दुई लेनको बनाइने छ। जापानी सहयोग नियोग जाइकाले २ अर्ब ६३ करोड रुपैयाँ बराबरको अनुदान दिने सहमति भइसकेको छ भने सरकारले ८ अर्ब ५० करोड रुपैयाँ स्रोत प्रदान गर्ने जनाएको छ।

यो सडक पूर्वी र मध्यपहाडका जिल्लाहरुलाई संघीय राजधानी काठमाडौँसँग जोड्ने प्रमुख मार्ग भएकाले आवागमन र आर्थिक गतिविधिका लागि महत्त्वपूर्ण मानिन्छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *