काठमाडौं — कुमार पौडेल हत्या प्रकरणमा सर्वोच्च अदालत ले विस्तृत छानबिन गर्न आदेश दिएको छ। न्यायाधीश मनोजकुमार शर्मा र श्रीकान्त पौडेल को इजलासले बिहीबार तत्कालीन गृहमन्त्री रामबहादुर थापा र पूर्व प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल लगायतमाथि दर्ता भएको जाहेरीमा फौजदारी अनुसन्धान अघि बढाउन आदेश दिएको हो।
कुमार पौडेल को २०७६ असार ५ गते लखन्देही जंगल मा प्रहरी गोलीबाट मृत्यु भएको थियो। प्रहरीले घटना ‘दोहोरो भिडन्त’ भएको दाबी गरे पनि उनकी आमा दुर्गादेवी पौडेल ले नियन्त्रणमा लिएर हत्या गरिएको भन्दै अदालतमा रिट दायर गरेकी थिइन्।
अदालतको आदेशपछि तत्कालीन गृह प्रशासन र प्रहरी नेतृत्वमाथि औपचारिक अनुसन्धान अघि बढ्ने भएको छ।


