Friday, March 13, 2026
Home > राष्ट्रिय समाचार > कोइरालाको चुनावी खर्च २२ लाख ३१ हजार रुपैयाँ

कोइरालाको चुनावी खर्च २२ लाख ३१ हजार रुपैयाँ

विराटनगर — डा. शेखर कोइराला ले मोरङ–६ प्रतिनिधिसभा निर्वाचनमा कुल २२ लाख ३१ हजार ८८ रुपैयाँ ६९ पैसा खर्च गरेको विवरण निर्वाचन कार्यालयमा पेश गरेका छन्।

सबैभन्दा बढी खर्च प्रचार–प्रसार सामग्री छपाइमा (१६ लाख ४६ हजार) भएको छ। अन्य खर्चमा इन्धन, खाना, स्टेसनरी, यातायात र टेन्ट समावेश छन्। खर्च एनआईसी एसिया बैंकमार्फत गरिएको र निर्वाचन ऐन अनुसार प्रमाणित गरिएको सचिवालयले जनाएको छ।

निर्वाचनमा रुविना आचार्य विजयी भएकी थिइन्, कोइरालाले १२ हजार ८५० मत प्राप्त गरेका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *