काठमाडौं — नेकपा एमालेका नेता गोकुल बास्कोटाले निर्वाचन परिणामपछि अनावश्यक आलोचना नगर्न आग्रह गरेका छन्।
उनले यसपटक रास्वपाप्रति जनताको भरोसा देखिएको उल्लेख गर्दै नयाँ सरकारले काम थालेको पहिलो तीन महिना टिप्पणी नगर्नु उपयुक्त हुने बताए। साथै, “खाँबो चिथोर्न बन्द गरौँ” भन्दै दोषारोपण नगर्न उनले आग्रह गरेका छन्।


