मोरङको मनमोहन प्राविधिक विश्वविद्यालयमा चिनियाँ राष्ट्रपति सी चिनफिङका पुस्तकहरू जलाइएको घटनाले राजनीतिक र प्रशासनिक वृत्तमा हलचल मच्चाएको छ। विश्वविद्यालयले अटोमोबाइल वर्कसप सफा गर्दा ‘द गभर्नेन्स अफ चाइना’ का पुस्तकहरू जलाएका थिए। यसले गृह मन्त्रालयको चासो बढाएको छ र मोरङका प्रमुख जिल्ला अधिकारीले सत्यतथ्य रिपोर्ट मागेका छन्।
विश्वविद्यालयका उपकुलपति डा. सुवासश्री पोखरेलले यसलाई मानवीय कमजोरी भने भने, केही पक्षले यसलाई सुनियोजित घटना दाबी गरेका छन्। स्थानीय प्रशासनले यस घटनाको छानबिन गरिरहेको छ।


