काठमाडौं । आन्तरिक राजस्व विभागका पूर्व महानिर्देशक चूडामणि शर्माविरुद्ध गैरकानुनी सम्पत्ति आर्जन र राजस्व चुहावटसम्बन्धी दुई भ्रष्टाचार मुद्दामा विशेष अदालतमा पुनः सुनुवाइ सुरु भएको छ।
शर्मासहित कर फर्छ्यौट आयोगका पूर्व अध्यक्ष लुम्बध्वज महत र सदस्य उमेश ढकालमाथि १० अर्ब २ करोड १९ लाख रुपैयाँभन्दा बढी कर छुट दिएर भ्रष्टाचार गरेको आरोप छ। अर्कोतर्फ शर्माले सात करोड ९३ लाख रुपैयाँको वैधानिक स्रोत नखुलेको सम्पत्ति जोडेको भन्दै गैरकानुनी सम्पत्ति आर्जनको अर्को मुद्दा पनि दर्ता भएको छ।
सर्वोच्च अदालतले पहिलेको फैसला त्रुटिपूर्ण ठहर गर्दै मुद्दा पुनः सुनुवाइका लागि फर्काएको थियो। अदालत अहिले विज्ञहरूको राय लिएर सुनुवाइ अघि बढाइरहेको छ।


