Tuesday, March 17, 2026
Home > राष्ट्रिय समाचार > चौरजहारीका मेयर र सब-इन्जिनियरविरुद्ध भ्रष्टाचार मुद्दा दायर

चौरजहारीका मेयर र सब-इन्जिनियरविरुद्ध भ्रष्टाचार मुद्दा दायर

काठमाडौं, २०८२ चैत ३ – रुकुम पश्चिमको चौरजहारी नगरपालिकाका मेयर पुष्प वादी र असिस्टेन्ट सबइन्जिनियर मोहन शाहविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेको छ। मेयर वादीले शाहबाट एक लाख रुपैयाँ घुस लिएको आरोपमा मुद्दा दायर गरिएको हो। घुस लिने र दिने दुवै जनालाई विशेष अदालतमा कैद सजाय र घुसको रकम जफत गर्न माग गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *