काठमाडौँ । युरोपेली च्याम्पियन्स लिग अन्तर्गत अन्तिम–१६ को पहिलो लेगमा रियल मड्रिडले म्यानचेस्टर सिटीलाई ३–० गोलले पराजित गरेको छ।
घरेलु मैदानमा भएको खेलमा मड्रिडका लागि फेडेरिको भाल्भेर्डेले ह्याट्रिक गर्दै टोलीलाई शानदार जित दिलाए।
यस्तै खेलमा पेरिस सेन्ट–जर्मेन (पीएसजी) ले चेल्सीलाई ५–२ गोलले हरायो भने बोडोग्लिम्टले स्पोर्टिङमाथि ३–० को जित निकाल्यो।
अर्को खेलमा लेभेरकुसेन र आर्सनलबीचको खेल १–१ गोलको बराबरीमा सकिएको छ।


