Thursday, March 19, 2026
Home > राष्ट्रिय समाचार > जेनजी आन्दोलनपछि जलेका १९ हजार मुद्दा फाइल पुनः प्राप्त

जेनजी आन्दोलनपछि जलेका १९ हजार मुद्दा फाइल पुनः प्राप्त

काठमाडौँ — सर्वोच्च अदालत मा जेनजी आन्दोलनका क्रममा जलेका १९ हजारभन्दा बढी मुद्दाका फाइल पुनः प्राप्त गरिएको छ।
उपरजिस्ट्रार निराजन पाण्डेका अनुसार हालसम्म १९ हजार १०२ फाइल ‘रिकभर’ भइसकेका छन्, जसमध्ये केही महान्यायाधिवक्ता कार्यालय मार्फत र अधिकांश सेवाग्राहीबाट फिर्ता आएका हुन्।
सर्वोच्चले विशेष निर्देशिका बनाएर फाइल पुनः प्राप्ति र प्रमाणीकरण प्रक्रिया अघि बढाएको छ। हालसम्म करिब १० हजार फाइल प्रमाणीकरण भइसकेका छन् भने अन्यको प्रक्रिया जारी छ।
जेनजी आन्दोलनपछि भएको आगजनीले ठूलो संख्यामा मुद्दाका मिसिल नष्ट हुँदा न्याय सम्पादनमा असर परेको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *