धनगढी — कैलालीको टीकापुरस्थित खक्रौला भन्सारमा रहेको सशस्त्र प्रहरीको सीमा सुरक्षा गुल्मभित्र प्रवेश गरेर स्थानीय व्यापारीको समूहले डीएसपी प्रदीप पौडेलमाथि हातपात गरेको छ।
भन्सार छली गरी ल्याइएको करिब ५६ हजार रुपैयाँ बराबरको सामान सशस्त्रले बरामद गरेपछि आक्रोशित बनेका १५ जनाभन्दा बढी व्यापारीले गुल्मको गेट तोडफोड गर्दै बुधबार ब्यारेकभित्र प्रवेश गरेका थिए।
घटनाको छानबिनका लागि एसपी अनिल कार्कीको संयोजकत्वमा समिति गठन गरिएको छ भने गुल्ममा कार्यरत टोली फेरबदल गर्ने तयारी गरिएको सशस्त्र प्रहरीले जनाएको छ।


