Friday, March 13, 2026
Home > राष्ट्रिय समाचार > ट्रक र कन्टेनर ठोक्किँदा चालकको मृत्यु

ट्रक र कन्टेनर ठोक्किँदा चालकको मृत्यु

काठमाडौं, फागुन २९ — हेटौँडा–नारायणगढ सडकखण्ड अन्तर्गत हेटौँडा उपमहानगरपालिका–१९ नेवारपानीमा आज बिहान ट्रक र कन्टेनर एकआपसमा ठोक्किँदा कन्टेनर चालकको मृत्यु भएको छ।

जिल्ला प्रहरी कार्यालयका अनुसार चितवनबाट हेटौँडातर्फ आउँदै गरेको कन्टेनर र हेटौँडाबाट चितवनतर्फ जाँदै गरेको ट्रक ठोक्किँदा सर्लाही बरहथवा नगरपालिका–१५ पिपराभिट्टाका कन्टेनर चालक गोविन्द चौधरी गम्भीर घाइते भएका थिए।

घाइते चौधरीलाई उपचारका लागि हेटौँडास्थित चुरेहिल अस्पताल लगिएको थियो। तर चिकित्सकले उनलाई मृत घोषणा गरेका छन्। प्रहरीले दुर्घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *